चितवन- संरक्षित वन्यजन्तु हिउँ चितुवाको आखेटोपहारसहित चितवनबाट दुई जनालाई पक्राउ गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई मङ्गलबार पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई भरतपुर महानगपालिका-१० बाट पक्राउ गरेको हो।
अभियुक्तहरूलाई अनुसन्धानका लागि निकुञ्जको हिरासतमा राखिएको छ।
उनीहरूलाई वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ ९१० बमोजिम कारबाही हुने सूचना अधिकारी थापामगरले बताए। -रासस


