जाजरकोट- जाजरकोटमा १२ वर्षीय बालकले तीन वर्षीया बालिकाको हत्या गरेका छन्।
बुधबार राति करिब १० बजेतिर ती बालकले बालिकाकाथि बलात्कारको प्रयास गरेको र बालिकाले रोइकराइ गरेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
जाजरकोटको बारेकोट गाउँपालिका–७ स्यालामा बालकले धारिलो हतियारले घाँटी रेटी हत्या गरेको प्रहरीको भनाइ छ।
घटनामा संलग्न भएको भनिएका बालकलाई बिहिवार बिहान ५ बजे बारेकोट–६, ताँसीस्थित आफ्नै घरबाट प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई बाल निगरानी कक्षमा राखिएको जिल्ला प्रहरी जाजरकोटका सूचना अधिकारी दिनेश तिमल्सिनाले जानकारी दिए।
घटनास्थलबाट हत्यामा प्रयोग भएको धारिलो हतियार (चक्कु) बरामद गरिएको प्रहरीले जनाएको छ।


