२०८३ कार्तिक २६ गते बुधबार

हर्क साम्पाङलाई खानेपानीमन्त्रीको व्यंग्य : ‘ड्रामा’ गरेर समस्या समाधान हुँदैन!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ११
pradeep_yadav

काठमाडौँ- खानेपानीमन्त्री प्रदीप यादवले ड्रामा गरेर धरानमा खानेपानीको समस्या समाधान नहुने बताएका छन्।

मन्त्रिपरिषद्बाट स्वीकृत खानेपानी तथा सरसफाई नियमावली, २०८१ को बारेमा जानकारी गराउन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन्।

धरानका जनतालाई आफै पानी खुवाउँछु भन्दै मेयर सम्पाङले बहादुरी देखाएर खानेपानी संस्थान ध्वस्त पार्ने काम गरेको उनको आरोप छ।

धरान उपमहानगरका मेयर हर्क सम्पाङले खानेपानीका विषयमा ड्रामा गरेको भन्दै उनले ड्रामा छोडेर काम गर्नसमेत सुझाव दिए। ‘ड्रामा गर्नु अलग कुरा हो। काम गर्नु अलग कुरा हो। यो सरकारले काम गरेर देखाउनेछ,’ साम्पाङलाई प्रश्न गर्दै मन्त्री यादवले भने, ‘धराने जनतालाई आफैँ पानी खुवाउँछु भन्नु भएको थियो त उहाँले, किन गर्नुभएन?’

माघ ८ गते मेयर साम्पाङ धरानको खानेपानीको समस्याप्रति सरकारलाई ध्यानाकर्षण गराउन भन्दै रित्तो गाग्रो लिएर काठमाडौँ आएका थिए। रित्तो गाग्रो बोकेरै सिंहदरवार प्रवेश गर्ने तयारी गरेका साम्पाङको समूहले बोकेको रित्तो गाग्रो भने प्रहरीले खोसिदिएको थियो। प्रधानमन्त्रीसमेतलाई भेट्नका लागि सिंहदरवार पुगेका साम्पाङले मन्त्री यादवसँग मात्र भेटेर फर्किएका थिए।

मन्त्री यादवले धरानको जनतालाई पानी दिने दायित्व सरकारको भएकाले सहज रुपमा पानी उपलब्ध गराउन संघ सरकारले काम अघि बढाउने उल्लेख गरे।

त्यस्तै मन्त्री यादवले खानेपानीसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित भइसकेको भन्दै अब खानेपानी तथा सरसफाई आयोजना कार्यान्वयनमा सहज हुने बताए।

साना घरेलु उपयोगका आयोजनाबाहेकका आयोजनाको सर्वेक्षण, निर्माण तथा सञ्चालनका लागि अनुमति लिनुपर्ने नयाँ व्यवस्था गरिएको जानकारी दिए।

खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग गठन गर्ने व्यवस्था गरेकोमा यस नियमावलीले आयोगको काम तथा जिम्मेवारीलाई थप प्रष्ट पारेको मन्त्री यादवले बताए।

त्यस्तै दुई हजार भन्दा बढी धारा भएका खानेपानी सेवा प्रदायकले कूल महशुलको १ प्रतिशत रकम नेपाल सरकारको राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए।

त्यस्तै नियमावलीमा औधोगिक तथा व्यापारिक क्षेत्रबाट उत्सर्जित फोरहपानी सरकारले तोकेको मापदण्ड पालना हुने गरी प्रशोधन गरेर मात्रै ढल निकास प्रणालीमा जोड्नपर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २०८१ माघ ११ गते शुक्रबार ०३:१०
प्रतिक्रिया

थप समाचार

उज्यालो चाँडको अँध्यारो विछोड: तिहारको रमझमबीच विदेशिनेको लर्को [फोटोफिचर]

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ लाखौँका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ ! पञ्यायतकालिन जनताका दु:ख समेटेर लेखिएको जेबी टुहुरेको यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ। देशमा...

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना