ललितपुर- ललितपुरको गोदावरी नगरपालिका २ नं. वडाको किटाचौर क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ।
बिहीबार साँझबाट लागेको डढेलो नियन्त्रणका लागि स्थानीय र सरकारी निकायका प्रतिनिधिहरू परिचालित भएका थिए।
डढेलो नियन्त्रणका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र स्थानीयहरु परिचालित भएका थिए।
सालको रूख भएको विष्टछाप सामुदायिक वनमा बिहीवारदेखि आगो सुरू भएको स्थानीयले जानकारी बताए।








तस्बिर : नेपाल फोटो लाइब्रेरी


