२०८३ कार्तिक २६ गते बुधबार

पुरातत्व विभागले थाल्यो महोत्तरीको पाटु रातमाटा क्षेत्रमा अन्वेषण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १३
mahottari-photo

महोत्तरी – पुरातत्व विभागले बर्दिबास–३ पाटु रातमाटा क्षेत्रमा तत्कालीन समयमा हतियार कारखानाबारे रहे /नरहेको अन्वेषण सुरुआत गरेको छ।

यसका लागि विभागका पुरातत्वविद् भाष्कर ज्ञवाली नेतृत्वको तीन सदस्यीय विज्ञटोली शनिबार बर्दिबास आइपुगेको हो।

‘हामीले हतियार कारखानास्थलको अध्ययन र प्रारम्भिक खोज अन्वेषण थालेका छौँ’, पुरातत्वविद ज्ञवालीले भने, ‘यसअघिका हालसम्म प्राप्त अध्ययनको निष्कर्षबाट यो ठाउँ पुरातात्विक महत्वको स्थल हो।’

अहिलेको बिपी राजमार्ग (बर्दिबास–बनेपा राजमार्ग)को बर्दिबास–३ पाटुमा यो ठाउँ दुई दशकअघि जर्मन अन्वेषक गुडन कार्विन्सले पत्ता लगाएका हुन्। उनकै अध्ययन तथा खोज अन्वेषणको प्रतिवेदनका आधारमा अबका खोजीकार्य अघि बढ्ने विज्ञ टोलीले जनाएको छ।

अहिलेको बर्दिबासचोकबाट चार किलोमिटर उत्तर राजमार्गबाट पश्चिमपट्टि यो कारखानाले निकै ठाउँ ओगटेको प्रारम्भिक अध्ययनले देखाएको छ। कारखानास्थलमा निकै पुराना गारोका अवशेषजस्ता ठाउँ भेटिएको जनाइएको छ।

पछिल्लो समयमा करिब सात दशकअघि यो ठाउँ नजिक वन फँडानी गरी बसोबास थालिएको हो। विज्ञ टोलीले यसअघि सात हजार वर्ष पहिलेसम्म यहाँ आसपास मानव बस्ती रहेका अवशेष पाइएको जनाएको छ। पाषाण युगकालीन हतियार कारखानास्थल आसपासमा अहिले पाटु, भब्सी, रातमाटा र राइमण्डलसहितका बस्ती छन्। कतिपय घरबस्ती र संरचनाले यो पुरातात्विक महत्वको ठाउँ चर्चेको प्रारम्भिक अध्ययनले देखाएको विज्ञ ज्ञवाली बताए।

‘अब यसबारे गहन अध्ययन गरिन्छ’, उनी भन्छन्’, यो ठाउँको संरक्षण, संवर्द्धन, अध्ययन तथा अनुसन्धानबारे सरकारले औपचारिक रूपमै बजेटमा यसपालि पहिलोपटक सम्बोधन गरेको छ।’

यहाँ सात हजार वर्ष पहिलेसम्म मानव बस्ती रहेको भए पनि हतियार कारखाना भने त्योभन्दा निकैअघिको रहेको हुनसक्ने विज्ञटोलीको कथन छ। कारखाना सञ्चालन त करिब ३० हजार वर्ष पहिलेको हुनसक्ने ज्ञवाली बताउँछन्।

‘धेरै कुरा अबका थप अध्ययनले देखाउनेछन्, प्रारम्भिक काम थालिएको छ’, ज्ञवाली भन्छ’, यो अध्ययनले यहाँको निकै पुरानो मानव सभ्यताबारे अध्ययनको ढोका पनि खोल्नेछ।’ रातु नदीको पश्चिमतिरको यो ठाउँको निकै पुरानो मानव सभ्यताको अध्ययन हुने ज्ञवालीको भनाइ छ।

‘सरकारले यस ठाउँबारे चासो बढाएछ, अब हाम्रो ठाउँको विकास सम्भावनाबारे आस बढेको छ’, पाटुका बासिन्दा तथा शिक्षक दीपकराज बराल भन्छन् , ‘यसले हामीलाई उत्साही बनाएको छ।’

हतियार कारखानास्थलबारे पुरातत्व विभागले औपचारिक रूपमै काम थालेपछि अब यहाँका प्राचीन महत्वका ठाउँबारे क्रमशः अध्ययन हुँदै जाने बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्री बताउँछन्।

‘हामी विभागको यो काममा साथ छौँ, आवश्यक सबै सहयोग पुर्‍याउँछौँ’, क्षत्रीले भने। सबै पक्षको अध्ययन तथा अन्वेषण हुनसके रातु नदी किनारको प्राचीन सभ्यताबारे थप जानकारी बढ्दै जाने बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तेजबहादुर खड्का बताउँछन्।

प्रकाशित: २०८१ माघ १३ गते आईतबार ०८:०२
प्रतिक्रिया

थप समाचार

उज्यालो चाँडको अँध्यारो विछोड: तिहारको रमझमबीच विदेशिनेको लर्को [फोटोफिचर]

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ लाखौँका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ ! पञ्यायतकालिन जनताका दु:ख समेटेर लेखिएको जेबी टुहुरेको यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ। देशमा...

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना