काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले सांसदहरू बसेको होटलको सीसीटीभी फुटेज र बिल झिकाउन माग गरेकी छन्।
पुस २९ गते प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्यहरू बसेको पोखरास्थित होटल ओपन हाउसको सीसीटीभी फुटेज र बिल झिकाउन माग गरेकी हुन्।
समितिलाई पत्र लेख्दै सांसद कठायतले राति ८ देखि १० बजेसम्मको सीसीटीभी फुटेज झिकाउन माग गरेकी हुन्।
२४ पुसदेखि कृषि समितिले नेपालगञ्जबाट अनुगमन सुरु गरेको थियो। ६ दिने अनुगमनको क्रममा कृषि समितिका सदस्यहरू २९ पुसमा पोखरा पुगेर ओपन हाउस होटलमा बसेका थिए।
सांसद कठायतले कृषि समितिको अनुगमनका दौरान समिति सदस्यहरूको आचरण ठिक नभएको र सांसदहरूले अर्काको व्यक्तिगत जीवनबारे अनावश्यक टिकाटिप्पणी गरेको कुरा समिति बैठकमा उठाएकी थिइन्।



