काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी एमाले–कांग्रेसको गठबन्धन सरकार आफ्नो उद्देश्यबाट च्यूत निष्कर्ष निकालेको छ ।
तीन दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकले १५ बुँदे निर्णय पनि गरेको छ।
देशको विद्यमान परिस्थितिमा आमूल परिवर्तन ल्याउन राजादेखि सबै राजनीतिक पक्ष र शक्तिहरु अटाउने, कसैलाई निषेध नगर्ने नयाँ राजनीतिक व्यवस्थाका लागि नवीन समझदारीको अपरिहार्य रहेको समेत राप्रपाको ठहर छ।
उसले आगामी दिनमा सडक र सदनमा सशक्त र प्रभावकारी ढंगबाट प्रस्तुत हुने वैठकको निर्णयमा उल्लेख छ।
फागुन महिनामा प्रदेश र जिल्ला तहमा विरोध प्रदर्शन र जागरण सभा गर्ने र चैतमा काठमाडौं केन्द्रीत कार्यक्रम गर्ने निर्णय राप्रपाको छ।





