२०८३ कार्तिक १८ गते मङ्गलबार

मोहन वैद्य नेतृत्वबाट विद्रोह गरी बनेको श्रमिक कम्युनिष्ट पार्टी विघटन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १३
shramik-party

काठमाडौं – मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीलगायत विभिन्न पार्टीबाट विद्रोह गरी गत वैशाखमा घोषणा गरिएको श्रमिक कम्युनिष्ट पार्टी विघटन भएको दाबी गरिएको छ।

क्रान्तिकारी माओवादीका सचिवालय सदस्य पूर्णबहादुर सिंहको नेतृत्वमा घोषणा भएको सो पार्टीले सच्चा कम्युनिष्ट तथा श्रमजीवीको भावनाअनुसार काम गर्न नसकेको भन्दै पार्टी विघटन गरिएको दाबी राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमख लोकेश विश्वकर्मालगायत २५ जनाद्वारा हस्ताक्षर गरिएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ।

उनीहरूले जनताको त्याग, समर्पण र बलिदानबाट प्राप्त उपल्बधि वास्तविक कम्युनिष्टबाहेक अरूले गर्न नसक्ने हुँदाहुँदै पनि विभिन्न आरोप लगाउँदै पार्टी बनाउने र पुरानै धन्दा चलाउने प्रवृत्ति हाबी भएको आरोप लगाएका छन्। विज्ञप्ति जारी गर्नेमा विदेश विभाग प्रमुख विश्वकर्मासहित राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्यहरू रणबहादुर विक, भीमसेन भट्ट, रोहित खत्री, विएस पौडेल, ढुण्डिराज अधिकारी, विनोद भट्टराई, नवराज भुषाल, जितु तामाङ रहेका छन्।

त्यसैगरी, सल्लाहकार समिति संयोजक शैलेश श्रेष्ठ, शिक्षा विभाग सदस्य श्रीराम बन्जरा, युवा संगठन प्रमुख डायमण्ड सिम्खडा, नेवा काठमाडौं संयोजक उदयविर शाक्य, लेखापरीक्षण विभाग प्रमुख लक्ष्मण भुषाललगायत रहेका छन्।

‘श्रम गर्न नचाहने अनि चौतर्फी बाटा बन्द भएपछि कम्युनिष्ट पार्टीको आर्थिक रसिद बोकेर जीवन चलाउनु अमसक व्यक्ति वा संगठनको मामिला मात्र होइन, यो विचारको तहमा देखिएको गम्भीर विचलन हो,’ सो समूहले विज्ञप्तिमार्फत भनेको छन्।

कम्युनिष्ट भन्न चाहने बन्न नचाहने, क्रान्तिकारी देखिनुपर्ने तर हुनु नपर्ने जस्ता प्रवृत्तिको अन्त्य गर्न नसके जनविश्वास प्राप्त नहुने उनीहरूको जिकिर छ। श्रमजीवी वर्गको मुक्ति र वैज्ञानिक समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्य बोकेको पार्टीको नेतृत्वले बैठक राख्न नसकेको आरोप लगाउँदै सो समूहले विचार एवं व्यवहारमा देखिएका तममाम असफलताका कारण पार्टी विघटनको निस्कर्षमा पुग्नुपरेको दाबी गरेको छ।

‘माओले पार्टी विघटनको प्रमुख कारण गलत विचारधारा र कार्यदिशालाई ठानेजस्तै लामो समयसम्म कार्यदिशाविहीनताको अवस्थामा रहनु पनि बीभत्स विघटन हुनुसरह नै हो,’ विज्ञप्ति भनिएको छ, ‘सही विचारधाराले मात्रै आन्दोलनको स्थायित्व र विकास सम्भव छ। जहाँ जो भेट्यो त्यही ठिक र सही भन्दै लहसिने तरिका मालेमावादको ठिकविपरीत नै हो।’

उक्त समूहले पार्टीमा जबर्जस्त हुर्काउन खोजिएको गलत प्रवृत्तिको अन्त्य र क्रान्तिकारी यात्राको सुनिश्चित गर्न पार्टी विघटनको निर्णय लिनुपरेको बताएको छ।

साथै सो पार्टीका सम्पूर्ण गतिविधिहरू आफूहरूले बन्द गरेको उनीहरूले जानकारी गराउँदै आगामी दिनमा कम्युनिष्टहरूको एकता र मोर्चाबन्दीमा जाने निर्णयसमेत उनीहरूले गरेका छन्।

प्रकाशित: २०८१ माघ १३ गते आईतबार ०९:३८
प्रतिक्रिया

थप समाचार

एडीबीको ३७ अर्ब ९२ करोड ऋण लिने सरकारको निर्णय, मन्त्रिपरिषद्ले अन्य के निर्णय गर्‍यो?

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  सडक सुधारका लागि उक्त सहुलियतपूर्ण ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यस्तै २० मिलियन अमेरिकी डलर बराबरको...

काठमाडौँ आइपुगे नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेला

काठमाडौँ: नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्। भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना