२०८३ कार्तिक १७ गते सोमबार

ओलीका गाउँमा प्रचण्डका दुई दिन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

आठराई, माघ १४
oli

आठराई- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेह्रथुमको आठराईमा दुई दिन बिताउने भएका छन्। सोमबार आठराई पुगेका प्रचण्ड मंगलबार पनि केही कार्यक्रमहरूमा सहभागी भएर त्यहाँबाट प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

आठराई गाउँपालिका प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीको जन्मस्थान हो। सोही स्थानमा ओलीले विद्यालयीय शिक्षा सुरु गरेका थिए। उता प्रचण्डले भने आठराईकै शारदा माविमा शिक्षक पदमा नियुक्ति लिएका थिए। प्रचण्डले शिक्षक पदमा नियुक्ति लिएको भने जनयुद्ध सुरु हुनुभन्दा पहिलेकै कुरा थियो। तर त्यसबेला सदरमुकामबाट टाढा भएको भन्दै प्रचण्डले लामो समय विद्यालयमा काम नगरी छोडेका थिए। यो कुरा २०४०/४१ सालतिरको थियो।

त्यसअघि प्रचण्डले गोरखा आरुघाटमा शिक्षण गरेका थिए। शिक्षण पेसा छोडेर उनी भूमिगत राजनीतिमा लागे।सोमबार प्रचण्डले पुराना दिन सम्झँदै भने, ‘पढाउन गएको भए परिस्थिति अर्के हुन्थ्यो होला।’

सोमवार उपमहासचिव वर्षमान पुनलाई लिएर तेह्रथुम पुगेका प्रचण्डले आठराई गाउँपालिका-३ मा जनयुद्ध शान्ति सङ्ग्रहालयको शिलान्यास तथा सोही स्थानमा निर्मित ह्वाकू बगाले शहिद पार्कको उद्घाटन गरे।

माओवादी तेह्रथुमका नेता रघु गौतमका अनुसार स्मारक निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा एक करोड रुपैयाँ विनियोजन गरेको छ।

विसं २०५८ माघ १४ गतेका दिन उक्त स्थानमा भएको भिडन्तमा १८ जना माओवादी सेनाका लडाकु र ३ जना स्थानीय मारिएका थिए।

स्थान प्रधानमन्त्री ओलीको गाउँ साविकको इवा गाविस-२ तथा हालको आठराई गाउँपालिका-४ खानीगाउँ नजिकै पर्छ।

प्रमुख दुई कम्युनिस्ट घटक एमाले र माओवादीबीच सशस्त्र माओवादी युद्धलाई जनयुद्ध वा हिंसात्मक द्वन्द्व भन्ने विषयमा मतभेद जारी रहेका बेला प्रचण्डले ‌ओलीको गाउँमा जनयुद्ध स्मारकको शिलान्यास गरेका हुन्। सो क्षेत्रबाट कोशी प्रदेशसभामा माओवादी केन्द्रका दुर्गा चापागाईँ निर्वाचित भएका छन्।

केपी ओलीको जन्मघर नजिकै निर्माण हुन लागेको सङ्ग्रहालय ३३ रोपनी क्षेत्रफलमा फैलिएको छ। तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले विसं २०७९ सालमा उक्त स्थानमा स्मारक र सङ्ग्रहालय बनाउने निर्णय गरेको थियो।

स्मारक शिलान्यास कार्यक्रममा प्रचण्डले जनयुद्धमा पहिलो पटक ठूलो नरसंहार भएको स्थानलाई राजनीतिक पर्यटनको गन्तव्य बनाउन सकिने बताए।

‘यो क्षेत्रमा सङ्ग्रहालय निर्माण गरेर पूर्व क्षेत्रको ऐतिहासिक राजनीतिक पर्यटनको गन्तव्य बनाउन सकिन्छ,’ प्रचण्डले भने।

एमाले र कांग्रेस सम्मिलित गठबन्धनप्रति कटाक्ष गर्दै प्रचण्डले यो गठबन्धन दल र दल मिलेर नभई दलाल-दलाल मिलेर निर्माण गरेको आरोप लगाए।

शिलान्यास कार्यक्रममा उक्त घटनामा मारिएका सबै २१ जनाका परिवारका सदस्यलाई प्रचण्डले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

मंगलबार बिहान आठराई गाउँपालिका–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने र कन्दङवाको शालीक अनावरण गर्ने कार्यक्रम छ।

दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ।

सोमबार बिहान काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरमा बसन्तपुर उत्रिएका उनले त्यहाँको चोत्लुङ पार्क अवलोकन गरे। त्यसपछि लालीगुराँस नगरपालिका–७ लसुनेस्थित सहिद धनरुपा कार्की नाममा स्थापना गरिएको पार्क उद्‌घाटनमा सहभागी भएका थिए।

प्रकाशित: २०८१ माघ १४ गते सोमबार ०६:३०
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना