न्युयोर्क- अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले सपथ लिएलगत्तै अवैध आप्रवासीलाई पक्राउ अभियान तिव्र पारिएको छ।
सोमबार मात्रै कागजात नभएका १ हजार ७४९ आप्रवासीहरूलाई पक्राउ गरिएको अध्यागमन विभागले जानकारी दिएको छ।
यस अघि आइतबार पनि सोही संख्याको हाराहारीमा पक्राउ गरिएको थियो। विभागले गत आइतबार ९५६ जनालाई गिरफ्तार गरेको थियो।
अमेरिकमा सबैभन्दा बढी मेक्सिकोका आप्रवासी छन्।


