काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्।
आफूहरू उभिएरै विरोध जनाएको तर सभामुखले बैठक अघि बढाएपछि उनीहरूले बैठक बहिष्कार गरेका हुन्।
सभामुखले पटक-पटक बस्न आग्रह गर्दा पनि रास्वपाका सांसद नबसेपछि बस्नका लागि आदेश दिएका थिए।
सभामुखको आदेश समेत नमानेपछि कार्यसूची अनुसार बैठक अघि बढाए।
तर सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन थालेपछि उनीहरू उठेर बाहिर निस्किएका थिए।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा सम्बोधन गरिरहेका छन्।


