काठमाडौँ- नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको विरोध गर्दा आफूलाई अचम्म लागिरहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा बोल्ने क्रममा उनले यस्तो बताएका हन्।
भट्टराईले नेकपा एकीकृत समाजवादीतर्फ इंगित गर्दै अध्यादेशबाट जन्मिएको पार्टीले नै त्यसको विरोध गरिरहेकोमा अचम्म मानेको बताए।
‘आज मलाई अचम्म त यो कुरामा लागिरहेको छ कि जुन अध्यादेशबाट जन्मिएको पार्टी हो त्यो पार्टी अध्यादेश ठिक छैन भनिरहेको छ,’ उनले भने, ‘अध्यादेशबाट जन्मिएको छ, अध्यादेश नै ठिक छैन भनिरहेको छ। यो चाहिँ अचम्म हुन लागेको छ नेपालमा।’
०७८ सालमा अध्यादेशमार्फत् नै पार्टी विभाजन गरेर माधवकुमार नेपालले एमाले विभाजन गरेका थिए।
‘०७८ सालमा अध्यादेशको जम्मा १६ वटा अध्यादेश आएको रहेछ। त्यतिबेला त प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थेन। नेकपा एमाले सरकारमा थिएन। अध्यादेशको त बाढी नै चलेको थियो,’ उनले भने।


