नवलपरासी – पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ स्थित भिमटाणीमा लुम्विनी प्रदेश सरकारले २७ लाख रुपैयाँमा निर्माण गरेको हाटबजार प्रयोगविहीन भएको छ।
हाटबजारको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको चार वर्ष भयो सञ्चालनमा नआउँदा हाटबजार प्रयोग विहिन भएको सरावल–३ स्थानीय लेखनाथ रायले बताए।
उहाँका अनुसार निर्माणाधिन हाटबजारमा बजार लगाउने ठेकेदारले जग्गाधनीलाई वार्षिक २५ हजार रुपैया भाडा दिने शर्तमा लुम्विनी प्रदेश सरकारले दश कठ्ठा जग्गामा हाटबजार निर्माण गरेको हो। निर्माणाधीन संरचना भएको जग्गा लेखनाथ रायको नाउँमा दर्ता छ।
सोही वडामा डेढ बिघा सार्वजनिक जग्गा रहे पनि पूर्वउपाध्यक्षले सरकारी बजेट सार्वजनिक जग्गामा नबनाएर आफनो व्यक्तिगत जग्गामा निर्माण गरेपछि निर्माणाधीन हाटबजार एकान्तमा रहेकले व्यापारीले त्यहाँ बजार लगाउन मानेका छैनन्। आफूले निर्माणाधीन हाटबजार लगाउन भने पनि व्यापारीले त्यहाँ बजार नलगाउने सरावल–३ का वडाध्यक्ष फिरङ्गी चौधरीले बताए।
उनका अनुसार सरकारको रकम सार्वजनिक जग्गामा लगानी गर्नुपर्नेमा राननितिक पदमा रहेकोले आफू यो पदबाट गए पनि पछि आम्दनीको स्रोत हुने गरी आफनो व्यक्तिगत जग्गामा हाटबजार बनाएका हुन्।
‘पूर्वउपाध्यक्षको नम्बरी जग्गामा बजार लगाउने पहल गरे पनि व्यापारीले त्यहाँ बजार लगाउन मानेका छैनन्,’ सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए।


