भक्तपुर-चाँगुनारायण नगरपालिका–८ चरेलीमा १०८ फिट अग्लो सरस्वतीको मूर्ति निर्माण सुरु भएको छ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चरेलस्थित भुतेको ढुङ्गामा १०८ फिट अग्लो मूर्ति निर्माण कार्यका शिलान्यास गरेका हुन्।
सोमबार भएको उक्त कार्यक्रममा उनले मूर्ति बनेपछि उक्त क्षेत्र धार्मिक र पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गरे।
मूर्ति निर्माण समितिका अध्यक्ष निवर्तमान परासर सापकोटाले रु ४२ करोडको लागतमा निर्माण हुने मूर्तिका लागि रु १३ लाख ५० हजार नगरपालिकाबाट सहयोग प्राप्त हुने र बाँकी रकम दाताबाट सङ्कलन भइरहेको जानकारी दिए।
कार्यक्रममा वडा अध्यक्ष जनक खत्री, श्यामकृष्ण नयाँजु श्रेष्ठलगायतले मूर्ति निर्माण कार्य सम्पन्न भएसँगै चरेलीमा स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुने विश्वास आफूहरूले गरेको उल्लेख गरे।


