काठमाडौँ- प्रहरी प्रभाग साँखुमा कार्यरत एक महिला प्रहरी मृत अवस्थामा भेटिएकी छन्।
कार्यालयभित्रै झुन्डिएको अवस्थामा प्रहरी जवान २३ वर्षीया निशा चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ।
दुई वर्षअघि मात्रै उनी सेवामा लागेकी थिइन्। घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान सुरु गरेको छ।


