काठमाडौँ- एक अमेरिकी डलर किन्नका लागि १४० रुपैयाँ ४० पैसा पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरको सूची अनुसार एक डलर बेच्दा १३९ रूपैयाँ ६५ पैसा आउने भएको छ।
आज युरोपेली मुद्रा एक युरो किन्न १४६ रूपैयाँ ११ पैसा चाहिने भएको छ। एक युरो राष्ट्र बैंकलाई बेच्दा भने १४५ रूपैयाँ ४९ पैसा आउँछ।
यस्तै, एक पाउन्ड स्ट्रलिङ बेच्दा १७५ रूपैयाँ ११ पैसा र किन्न १७५ रूपैयाँ ८७ पैसा पर्छ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दु हो। अमेरिकी डलरको मूल्य बढ्दा नेपाल भित्रने सामानको मूल्य बढी हुन्छ भने नेपालबाट निर्यात हुने वस्तुको मूल्यसमेत बढ्न पुग्छ।
तर नेपालको कुल वैदेशिक व्यापारमा झन्डै १० प्रतिशत मात्र निर्यात हुने भएकाले ९० प्रतिशत घाटा हुन्छ।
हेर्नुहोस् विस्तृत विवरण



