काठमाडौँ- ब्रिटिस गोर्खा सैनिकले सरकारविरुद्ध दबाबको लागि मार्चपास गरेका छन्।
अन्यायपूर्ण गोर्खा भर्तीविरुद्ध सर्वोच्च अदालतले गरेको फैसला र कार्यान्वयनका लागि नेपाल सरकारलाई गरेको निर्देशनात्मक आदेश गरेको वर्षगाँठको अवसरमा ब्रिटिस गोर्खा सैनिक संगठन (बिगेसो)ले दबाबमूलक मार्चपास र जनसभा गरेका छन्।
बेलायती राजकुमार दम्पती एडवार्ड र सोफिया नेपाल भ्रमणमा रहेकै बेला भूतपूर्व बेलायती सैनिक (नेपाली नागरिक)हरूले दबाबमूलक कार्यक्रम गरेका हुन्।




















