काठमाडौँ- साहित्य, संगीत र अभिनय। कलाका यी आयामबारे पत्रकार तथा लेखक राज सरगमसँग गफिए, लेखक/पत्रकार बसन्त बस्नेत, गायिका अभया सुब्बा र कलाकार विजय बराल।
अहिले ब्यान्ड सेलाइरहेको समयमा पनि लामो समयदेखि ब्यान्डसहित सक्रिय गायिका, गीतकार तथा कम्पोजर अभय सुब्बा सामाजिक सञ्जाल अनुसार नयाँ पुस्ताको टेस्ट बुझ्दा सँगै जान सकिने बताउँछिन्। उनले भनिन्, ‘अहिलेका पुस्तालाई संगितमा पिस (शान्ती) मनपर्छ, पहिले रिस मनपथ्यो।’
ब्यान्ड मात्रै हैन, यसमा महिलाको आवाज त झनै बिरलै सुनिन्छ। यस विषयमा पनि अभयाले गायिका मात्रै भएको भए आफू पनि हराउने बताइन्। उनले भनिन्, ‘गायिका र गाउने महिला धेरै भएपनि म यसलाई एउटा पार्ट मात्रै बनाउँछु। गीत आफैँ लेख्छु, आफैँ कम्पोज गर्छु। त्यसैले म यहाँ छु।’
लेखक पत्रकार बसन्त बस्नेतले उनले अहिलेसम्म लेखेका दुई थरी पुस्तकका बारेमा बताए। उनले भने, ‘पहिलो पुस्तक कन्टेम्पोररी हिस्ट्रीका बारेमा थियो। मधेशको यथार्थ घटनालाई पत्रकारको आँखाले देखेका कुरा उतारिएका थिए। पछि २ ओटा उपन्यासमा व्यक्ति र समाजलाई बुझ्न सकिन्छ।’
लेखन सबै साहित्य मान्न नसकिने पनि उनले बताए। भने, ‘अरु मानिसको निजी भोगाइलाई साहित्य मान्न सकिँदैन। अहिले पत्रकारिता र
उनले अहिलेको पुस्ता सहित्यसँग जोडिएको पनि उनले दावी गरे। भने अहिले पढ्ने संस्कार कम भयो भन्ने चलन छ। तर तथ्य र तथ्यांकले त्यस्तो देखाउँदैन।’
साहित्य समाचारमा पसेको हो कि सहित्यमा समाचार भन्ने प्रश्नमा उनले भने दुवैका अक्षर एक्प्रेसन पसेको बताए।
यस्तै, पूर्णबहादुरको सारङ्गीबाट चर्चित भएका कलाकार विजय बरालले अभिनयलाई पढाइले निखारता ल्याउने बताए। उनले भने, ‘अभिनय जन्तजातै हुन्छ। हरेक कुरा अब्जर भेसन गरेर त्यसैको नक्कल गर्ने नै अभिनय हो तर त्यसलाई भावमा रुपान्तरण गर्नुपर्छ।’
उनले अभिनय पनि एक जनरा भएको उल्लेख गरे। प्राकृतिक अभिनय भएकाले आफ्नो फिल्म पूर्णबहादुरको सारङ्गीलाई धेरैले मन पराएको उनको ठहर छ।
पहिले सहायक भूमिकामा रहँदा र मुख्य भुमिकामा अनुबन्धित हुँदा अभिनयमा फरक नभएपनि त्यसलाई डोहोर्याउने तरिकामा भने फरक हुने उनले बताए। उनले भने, ‘सहायक भूमिका भनेको बाटोको काँडा सफा गर्ने जस्तै हो तर मुख्य भुमिकामा जिम्मेवारी वोध र दवाव महशुस हुने रहेछ।’
उनले पहिलेको भन्दा अहिले ५ गुणा पारिश्रमिक बढेको र जिम्मेवारी पनि उस्तै बढेको बताए।
अब त तपाई पनि हिरो बन्नु भयो नि भन्ने प्रश्नमा उनले रमाइलो उत्तर दिए, ‘हिरो त म मेरो श्रीमती र छोरोको मात्रै हो, अरुको लागि त क्यारेक्टर हिरो हुने हो।’


