काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबारे मतदान गर्ने बेला भइनसकेको बताएका छन्।
आइतबार नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘अध्यादेशबारे अहिले मतदान गर्ने बेला भएको छैन,’ प्रधानमन्त्री ओलीले भनेका थिए।
सरकारले हिउँदे अधिवेशन सुरु हुनुअघि ६ वटा अध्यादेश ल्याएको थियो। तर यी अध्यादेशलाई कार्यसूचीमा राखिएको छैन।
स्थगित गर्दा नेताहरूले २७ गतेको सभामा अध्यादेश अगाडि बढ्ने बताएका थिए। तर, आइतबारको दुवै सदनको सम्भावित कार्यसूचीमा अध्यादेश रहेको छैन।
सत्ताधारीसँग अध्यादेश पारित गर्न आवश्यक बहुमत प्रतिनिधि सभामा भए पनि राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल निर्णायक छ। अध्यादेशलाई देखाएर उपेन्द्रले बार्गेनिङ गरिरहेका छन्।


