२०८३ कार्तिक २६ गते बुधबार

जनता बाघको शिकार कहिलेसम्म भइरहने?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २७
tiger-bardiya (5)

काठमाडौँ– पछिल्लो समय मुलुकभर मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएका छन्। यही विषयलाई आइतबार सांसदहरूले प्रतिनिधिसभाको बैठकमा जोडदार रूपमा उठाएका छन्।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनीहरूले खासगरी बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट मृत्यु हुने क्रम बढेको भन्दै समाधानका लागि माग गरे।

सांसद शान्ति चौधरीले बर्दियामा निकुञ्ज, मध्यवर्ती क्षेत्र र सामुदायिक वन जोडिएको र किसानले आफ्नो खेतमा काम गरिरहेको अवस्थामा समेत बाघको आक्रमणबाट मृत्युवरण गनुपर्ने आवस्था रहेको भन्दै समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद चौधरीले भनिन्, ‘खेतमा काम गर्ने बेलासमेत बाघको आक्रमण हुने गरेको छ, यसको समाधानका लागि वैज्ञानिक योजना तय गर्न सरकारसँग माग गर्दछु, साथै घाइते र मृत्यु भएका परिवारलाई समयमै राहत व्यवस्था गर्न आग्रह गर्दछु। चालु आर्थिक वर्षमा मात्र बर्दियामा बाघको आक्रमणबाट मात्र चार जनाले ज्यान गुमाउनुपरेको छ।’

सांसद जावेदा खातुन जागाले केही दिनअघि मात्र बर्दियामा चितुवाको आक्रमणबाट आफ्नै खेतमा काम गरिरहेकी ५१ वर्षीया जुनाकुमारी लामिछाने क्षेत्रीको यही माघ २५ गते मृत्यु भएको जानकारी गराउँदै यसको दिगो समाधानका लागि सरकारसँग आग्रह गरिन्।

यसैगरी गत पुस २८ गते बर्दियामै ४० वर्षीया पदमकला थापाको पनि बाघको आक्रमणमा परी निधन भएको बताउँदै बढ्दो मानव–वन्यजन्तु द्वन्द्व तत्काल न्यूनीकरण गर्न र पीडितपरिवारलाई क्षतिपूर्ति प्रदान गर्न माग गरिन्।

सांसद खातुनले भनिन्, ‘बर्दियामा जनता कहिलेसम्म बाघको सिकार भइरहने हो। कहिलेसम्म वन्यजन्तुको आतंक सहिरहनुपर्ने हो, सरकारको स्पष्ट धारणा माग गर्न चाहन्छु, अब अति भयो बर्दियाका सांसदहरूले सदनमा पटकपटक कुरा उठाउँदा पनि सरकार कहिले पनि गम्भीर भएको देखेनौँ। महिनापिच्छे बाघको आक्रमणबाट मानिसको ज्यान गइरहेको छ। निकुञ्ज वरिपरिको स्थानीयको जीवन त्रासमय बनेको छ।’

डढेलो नियन्त्रणका लागि पूर्वतयारी खोई?

बैठकमा सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय निकुञ्जमा एक सातादेखि निरन्तर डढेलो लागेको र बस्तीमा समेत असर गरेको जानकारी गराउँदै दुर्लभ रेडपाण्डासहित बहुमूल्य जडीबुटी लोप हुने भन्दै सरकारको ध्यानाकर्षण गराए। साथै उनले जाजरकोट भूकम्पप्रभावितले अझै पनि उचित क्षतिपूर्ति पाउन नसकेको जानकारी गराउँदै तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने सुझाए।

सांसद ठाकुरप्रसाद गैरेले शनिबार सिंहदरबारभित्रै रहेको खानेपानी मन्त्रालयमा आगलागी भएको घटनाले पूर्वतयारी, सचेतना र जिम्मेवारीप्रति नै प्रश्न उठेकाले सो बारेमा सदनमा जानकारी माग गरे। उनले सुक्खा समय आउन लागेकाले आगलागीप्रति बढी सचेत हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।

सांसद हितबहादुर तामाङले लाङटाङ राष्ट्रिय निकुञ्जमा एक सातादेखिको डढेलो नियन्त्रण हुन नसकेको र यसप्रति सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै यसबाट लोपोन्मुख र दुर्लभ वन्यजन्तु तथा वनस्पति लोप हुने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। चोरी सिकारी गर्नेले पनि डढेलो लगाएको हुनसक्ने भन्दै उनले नियन्त्रणका लागि उचित कदम चाल्न सरकारसँग माग गरे।

सांसद बिन्दवासिनी कंसाकारले देशभरै नै आगलागीका घटना बढेको बताउँदै सरकारले पूर्वतयारी प्रभावकारी गर्न नसकेको आरोप लगाइन्। साथै उनले मापदण्ड पनि पालनामा कडाइ गर्नुपर्नेमा जोड दिँदै संसद्मा गैरसरकारी जलन विधेयक दर्ता भए पनि किन अघि नबढाइएको भनी प्रश्न गरिन्।

सांसद अनिशा नेपालीले सल्यानमा महोत्सवमा आगलागी भई ठूलो धनसम्पत्तिको क्षति भएको भन्दै छानबिन गर्न माग गरिन्। उनले हरेक पालिकामा दमकलको व्यवस्था गर्न माग गर्दै पीडितलाई क्षतिपूर्ति प्रदान गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद प्रभु साहले सहयोगी कर्मचारीको हाल अस्थायी पदपूर्ति मात्र हुने गरेको र यसले गर्दा उनीहरूको जनवजीवन कष्टकर भएको उल्लेख गर्दै यसमा स्थायी पदपूर्ति किन रोकियो भनी सरकारसँग प्रश्न गरे। साथै उनले कानुन संशोधन गरेर भए पनि यी वर्गलाई सुविधा दिनुपर्ने माग गरे।

सांसद कान्तिका सेजवालले जुम्लामा विगत २४ घण्टादेखि लगातार डढेलो सुरु भएको र यसले बस्तीमा समेत असर गर्न सक्ने तथा दुर्लभ वन्यजन्तु नष्ट हुने चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराइन्। साथै उनले खानेपानी मन्त्रालयमा भएको आगलागीका घटनाका सम्बन्धमा संसद्मा जानकारी गराउन माग गरिन्।

सांसद ईश्वरी घर्तीले दाङको घोराहीबाट रोल्पाको होलेरी हुँदै रूकुमपूर्वको मैकोटसम्मको दुई सय २० किमी सहिद मार्गलाई आवश्यक बजेट व्यवस्था गरी स्तरोन्नति गर्न माग गरिन्।

सांसद पूर्णबहादुर घर्तीले सुर्खेतमा पुलको लठ्ठा तान्ने क्रममा अनिल घर्ती र अर्जुन झाँक्रीको भेरी नदीमा खसेर भृत्यु भएको र झाँक्रीको अझै शव फेला नपरेकाले तत्काल प्रभावकारी खोजीमा लाग्न सरोकारवालासँग माग गरे।

सांसद डा. अमरेसकुमार सिंहले संविधानमा समावेशीको स्पष्ट व्यवस्था भए पनि वर्तमान सरकारले राज्यका हरेक निकायमा नियुक्ति र सरूवा बढुवा गर्दा व्यवहारमा कार्यान्वयन नगरेको अरोप लगाए।

प्रकाशित: २०८१ माघ २७ गते आईतबार ०६:३४
प्रतिक्रिया

थप समाचार

उज्यालो चाँडको अँध्यारो विछोड: तिहारको रमझमबीच विदेशिनेको लर्को [फोटोफिचर]

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ लाखौँका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ ! पञ्यायतकालिन जनताका दु:ख समेटेर लेखिएको जेबी टुहुरेको यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ। देशमा...

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना