काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताएका छन्।
जनकपुरधाममा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले तत्काल कम्युनिस्ट एकता सम्भव नरहेको बताएका हुन्।
‘एमालेको नेतृत्वमा केपीजी रहँदासम्म नेपालका कम्युनिस्ट एकता, वामपन्थी एकता सम्भव छैन,’ अध्यक्ष दाहालले भने।
फरक प्रसंगमा उनले आफूहरूको ध्यान सरकारतर्फ नरहेको बताए। प्रधानमन्त्री ओली अहिलेको आन्दोलन, परिवर्तन बर्बाद गर्न र संविधान खारेज गर्न चाहने व्यक्ति भएको उनको आरोप छ।
मधेसी जनताको लागि दुई पटक संसदमा संविधान संशोधनको प्रश्ताव गर्दा प्रधानमन्त्री ओलीले नै रोकेको उनले बताए।


