काठमाडौँ– नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सदनमा सांसदको नाम उच्चारण गर्दा ध्यान दिन आग्रह गरेका छन्।
सभामुख देवराज घिमिरेले आफ्नो नाम बिगारिदिएपछि सांसद कार्कीले सभामुखलाई सदनमा सही नाम उच्चारण गर्न सुझाव दिएका हुन्।
प्रतिनिधि सभाको शून्य समयमा बोल्ने क्रममा सांसद कार्कीलाई सभामुख घिमिरेले ‘ज्ञानबहादुर कार्की’ भनेर सम्बोधन गरेका थिए।
तर कार्की उठेर बोल्न सुरू गरेनन्। बरु भने, ‘नाम उच्चारण गर्दा ध्यान दिनको लागि आग्रह गर्छु।’


