काठमाडौँ– सरकारले अर्थसचिवमा घनश्याम उपाध्यायलाई ल्याउने निर्णय गरेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई अर्थ मन्त्रालयको सचिव बनाउने निर्णय गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा कार्यरत उपाध्यायलाई अर्थ मन्त्रालयमा तानिएको हो।
बैठकमा सहभागी एक मन्त्रीले अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा पठाएर उपाध्यायलाई अर्थमा तानिएको जानकारी दिए। राष्ट्रपतिको कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार पठाइएको छ।
अख्तियारमा सात महिना बिताएका उपाध्याय त्यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव थिए। त्यहाँ उनले ४ महिना बिताए।
उपाध्याय बागमती प्रदेशको प्रमुख सचिव पनि बनेका थिए। ललितपुर र काठमाडौँको प्रमुख जिल्ला अधिकारीको अनुभव पनि उनीसँग छ।


