काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएका छन्।
समावेशी अन्तर्गत भट्टराई महिला र सोव दलित क्लटरबाट निर्वाचित भएका हुन्।
११ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यमध्ये ९० जनाको लागि आज निर्वाचन हुँदै छ।
उम्मेदवारविरुद्ध परेको दाबी विरोधपछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशित गर्दै छ।
अध्यक्षमा डा बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा निर्विरोध बनेकी मानुषी अध्यक्षमा उम्मेदवारी दिएका बाबुरामकी छोरी हुन्।
आइतबारदेखि प्रज्ञाभवन कमलादीमा सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा निवर्तमान अध्यक्ष भट्टराईले ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’सम्बन्धी राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए।
भट्टलाईले पेस गरेको प्रतिवेदनमाथि दोस्रो दिनको बन्द सत्रमा समूहगत छलफल भएको थियो।


