२०८३ कार्तिक १७ गते सोमबार

रवि गृहमन्त्री हुँदाको कुरा उठेपछि संसदमा अवरोध, बैठक स्थगित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २९
Parliament.-134

काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदाको कुरा उठाएपछि रास्वपाको अवरोधका कारण संसद बैठक स्थगित भएको छ।

रवि गृहमन्त्री हुँदा प्रहरी प्रमुखलाई बोलाएर सहकारी प्रकरणमा निर्दोष भन्न लगाएको आरोप कांग्रेस सांसद खतिवडाले लगाएपछि रास्वपाको अवरोधका कारण बैठक स्थगित गरिएको छ। रविले प्रहरीको बढुवामा पनि आफ्नालाई ‘हाइजम्प’ र ‘लङजम्प’ सुरु गरेको आरोप पनि लगाएका थिए।

यसअघि सभामुखको आसनमा बसेकी इन्दिरा रानामगरले विशेष समय सुरु गर्न ‘विशेष समय’ भनिसकेकी थिइन्। तर आफ्नो बोल्ने पालो नआएको भन्दै कांग्रेस सांसद खतिवडाले आवाज उठाए। उनको कुरा सुनेपछि इन्दिराले खतिवडालाई दुई मिनेटको समय दिएकी थिइन्। तर विशेष समय सुरु भएपछि पुन: शून्य समयमा नै फर्काइएको भन्दै रास्वपा सांसद गणेश पराजुलीले विरोध गरे। संसदको रेकर्डबाट खतिवडाको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे।

खतिवडाको अभिव्यक्तिपछि रास्वपा सांसद र उपसभामुख नै आमनेसामने भएका थिए। रास्वपाको विरोधलाई माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले पनि साथ दिने उद्घोष गरे। 

रास्वपा सांसदहरुले आपत्ति जनाएर सदन अवरोध गरे सभामुख देवराज घिमिरे आउनु परेको थियो।

सभामुख घिमिरेले आएपछि कसलाई बोल्न दिने कसलाई बोल्न नदिने भन्ने विषयमा विवाद नगर्न आग्रह गरेका थिए। तर रास्वपा सांसदले अवरोध जारी राखेपछि बैठक १५ मिनेटका लागि स्थगन गरे।

यसअघि पनि आजकै प्रतिनिधि सभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच भनाभन चलेको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार सदनप्रति अनुत्तरदायी भएको आरोप लगाएपछि भनाभन सुरु भएको थियो। कार्यसूचीमा भएको विषय एकाएक हटाइएको भन्दै उनले सरकार अनुत्तरदायी भएको आरोप लगाएका थिए।सरकारले संसद्लाई अपहेलना गरेको र जनताको प्रतिनिधिको आवाज नसुनेको बताएका थिए।

‘आजको विषय सूचीमा कार्यव्यवस्था परामर्श बैठक बसेर कार्यतालिका बनाइयो। आज भ्रष्टाचार विधेयक पारित गर्ने थियो। यहाँ पस्दा सरकारले समय छैन भनेर सूचीबाट हटायो भनेर जानकारी आयो,’ आक्रोशित पाण्डेले प्रश्न गरे, ‘सरकारले नियम पालना गर्नुपर्दैन? संसदले सधैँ सरकारले भनेको गर्ने हो। जनताको प्रतिनिधिले बनाएको कार्यसूची सरकारले पारित गर्नुपर्ने हो?’

पाण्डे बोलेपश्चात् नियमापत्ति गर्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले सदन सभामुखले चलाउने भएकाले सांसदलाई  जे लाग्यो त्यही अनुसार नहुने जवाफ फर्काएका थिए।

‘कार्यसूचीमा के रहने नरहने भन्ने राख्नुभयो। सरकारले थप्न पनि सक्छ। कार्यसूची हटाउन पनि सक्छ‚’ उनले भनेका थिए। त्यसपश्चात् बोल्दै रास्वपा सांसद गणेश पराजुलीले ‘दुई तिहाइको धाक दिने हो’ भन्दै प्रश्न गरेका थिए। एमाले प्रमुख सचेतक महेश बर्तौलालाई प्रश्न गर्दै उनले भने‚ ‘सांसदले सरकारले सदन चलाउन सभामुखलाई सिकाउने हो?’

प्रकाशित: २०८१ माघ २९ गते मङ्गलबार ०२:२८
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना