२०८३ कार्तिक २६ गते बुधबार

नागरिकता विधेयकप्रति महिला सांसद उत्साहित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ३०
nagarikata (2)

काठमाडौँ- संसदमा प्रस्तुत भएको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकप्रति महिला सांसदहरु उत्साहित देखिएका छन्। विधेयकमा छलफल गर्न बुधबार महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागी महिला सांसदहरुले उत्साह जनाएका हुन्।

कार्यक्रममा संसदमा प्रस्तुत विधेयकलाई साझा बनाउनुपर्ने धारणा नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले राखेकी थिइन्। उनले यो नागरिकता विधेयक ल्याएर गृहमन्त्री रमेश लेखक नागरिकविहिनहरुको पिता बनेको बताइन्। यसैगरी अर्की सांसद सुशीला सिर्पालीले आश्रममा हुर्किएका बालबालिकाकालागि आत्मसम्मानसहित नागरिकता प्राप्ति गर्ने विधेयक ल्याउनुपर्नेमा जोड दिइन्। अहिले प्रस्तुत विधेयकमा दलगत नभई साझा धारणा बनाएर संशोधन हाल्नुपर्ने उनको प्रस्ताव थियो।

पार्टीभित्रै आमाको नाममा नागरिकता दिलाउन आफूहरुले संघर्ष गरेको सांसद कान्तिका सैजुवालले बताइन्। उनले विदेशी पुरुषले नेपाली महिला विवाह गरेको भए उसले पनि सहजै वंशजको नागरिकता प्राप्त गर्ने विधेयक ल्याउनुपर्ने सुझाव दिइन्। यस्तै सांसद रोशन कार्कीले पहिचान नभएको महिला भन्दा चरित्रमा दाग लाग्ने भएकाले यसमा भाषा सच्चाउन माग गरिन्।

यस्तै सांसद लक्ष्मी तिवारीले आमाको नामबाट पनि बंशजको नागरिकता प्राप्त गर्न संशोधन हाल्नुपर्ने सुझाव दिइन्। उनले विदेशी बाबुलाई पनि सहज ढंगले नागरिकता दिन कानुन बनाउनुपर्ने सुझाव दिइन्।

यस्तै सांसद नगिना यादवले नागरिकता भावनामा बगेर वितरण गर्ने बस्तु नभएको भन्दै नागरिकता देशको सार्वभौमिकतासँग जोडिएको विषय भएकाले यसको वितरणमा ध्यान पुर्‍याउनुपर्ने बताइन्। अर्को सांसद दिपा शर्माले नागरिकता वितरण गर्दा गम्भीर हुनुपर्ने बताइन्।

तीन दर्जन महिला सांसद सहभागी कार्यक्रममा हर्कमाया विक, सरस्वती सुनवार, प्रतिक्षा तिवारी, शान्ति श्रेष्ठलगायतले यसैपटक ऐन संशोधन गर्नुपर्ने बताएका थिए। उनीहरुले आएकाे विधेयकमा अपुग विषयहरुमा साझा धारणा बनाएर संशोधन हाल्नुपर्ने बताए। ऐन मात्र होइन, संविधान नै संशोधन गरेर लैंगिक विभेद अन्त्य गर्नुपर्नेमा उनीहरुको जोड थियो।

एफडब्लुएलडीका वरिष्ठ अधिवक्ता मिरा ढुंगानाले यसपटक संसदमा सरकारले दर्ता गरेको नागरिकतासम्बन्धी विधेयकले आमाको पहिचानलाई आंशिक स्वीकार गर्दै केही प्रावधान खुकुलो गरेको बताउदै विधेयक पारित भएर ऐनको रूप लिएमा नागरिकता नपाएर राज्यविहीनताको अवस्थामा रहेका करिब १७ लाख नागरिकको समस्या सम्बोधन हुने बताएकी छिन्।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै एफडब्लुएलडीकी अधिवक्ता बिनु लामाले नेपाल नागरिक ऐन २०६३ ले आमालाई ३ प्रकारमा विभाजन गरेको बताइन्। उनले प्रस्ताविक विधेयकले एकल आमाका बालबालिकालाई सम्बोधन गर्ने बताइन्। यो विधेयक संसदले पारित गरेर ऐन बनेमा कूल बालबालिकामध्ये १७ प्रतिशत एकल आमाका सन्तानलाई प्रत्यक्ष फाइदा पुग्ने उनको भनाई थियो। एकल आमाले हुर्काएका १८ वर्ष मुनिका बालबालिका १६ लाख ८८ हजार ८ सय जना छन्। यो संख्या राष्ट्रिय जनगणना २०७८ अनुसार १८ वर्षमुनिका ९८ लाख ६९ हजार ५ सय ८३ जना बालबालिकाको १७ दशमल १५ प्रतिशत हो। अब भने आमाको पहिचानबाटै नागरिकता लिन सहज हुने गरी राज्यले कानुनको ढोका खोल्दैछ।

लैंगिक विभेदका लागि संविधान संशोधनको विकल्प नरहेको भनाई एफडब्लुएलडीकै अधिवक्ता सुष्मा गौतमको थियो। तर यो विधेयक संसदले पास गरे बहिष्करणमा पर्न सक्ने महिलाको समूहलाई सम्बोधन गर्ने बताइन्। यो विधेयकको अर्को विशेष नाबालकको परिचय प्रदान पनि भएको उनको भनाइ थियो। ‘यो विधेयकले आमाको अस्तित्व सम्पूर्ण रूपमा स्वीकार गरेको त छैन,’ गौतमले भनिन्, ‘नागरिकताविहीन धेरै व्यक्तिहरूलाई आमाको पहिचानबाट नागरिकता लिने बाटो खोलिदिएको छ।’ उनले प्रस्तुत विधेयकमा भएका व्यवस्थाहरुकाेबारेमा सांसदहरु समक्ष प्रस्तुति राखेकी थिइन्। यसैगरी अधिवक्ता विनाेदचन्द्र देवकाेटाले संसदका सबै सांसदहरुसंग समन्वय गरेर अपुग व्यवस्थाहरुकाेबारेमा विधेयकमा साझा संशाेधन हाल्न आग्रह गरेका थिए।

प्रकाशित: २०८१ माघ ३० गते बुधबार ०२:११
प्रतिक्रिया

थप समाचार

उज्यालो चाँडको अँध्यारो विछोड: तिहारको रमझमबीच विदेशिनेको लर्को [फोटोफिचर]

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ लाखौँका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ ! पञ्यायतकालिन जनताका दु:ख समेटेर लेखिएको जेबी टुहुरेको यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ। देशमा...

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना