२०८३ कार्तिक १७ गते सोमबार

ज्ञानेन्द्र शाहीको नामै नलिनुस् भन्ने बाबुराम भट्टराई छोरीलाई उपाध्यक्ष बनाएकोमा मौन बसे

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २
baburam_Bhattarai RatnaShresthaRSS (1)

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा निर्वाचित डा बाबुराम भट्टराईले राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका बारेमा आक्रामक प्रतिक्रिया दिएका छन्।

शुक्रबार शपथ ग्रहण कार्यक्रममा ज्ञानेन्द्र शाहीबारे पत्रकारले सोधेको प्रश्नमा उनले आफू नचिन्ने र उनको नामसमेत नलिन जवाफ दिएका छन्।

यस्तै कार्यक्रममा होहल्ला भएपछि पहिलेदेखि आक्रोशित बनेका भट्टराईलाई पत्रकारहरुको सवालले झन् तनावमा ल्याइदियो । कार्यक्रममा युट्यूबरले माओवादीमा फर्किन खोज्नुभएको हो कि प्रचण्डले भित्र्याउन नचाहेका हुन्? भन्ने प्रश्नमा भट्टराई झोँक्किए।

जवाफमा उनले भने, ‘बाबुराम कुकुर हो र, घाँस हाल्नेबित्तिकै जुठो खान जाने ? के कुरा गर्या ? लाज लाग्दैन तपाईंलाई ? बाबुराम त्यस्तो मान्छे हो ? बाबुराम भट्टराईले त्यत्रो जनयुद्धको नेतृत्व गर्यो । संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्यायो। त्यहाँभन्दा अगाडि जाँदैछ उ । अरु साथीहरु थाक्नुभयो। अहिले पनि त्यही ब्याज खाइराख्नुभएको छ । फरक त्यहाँ हो । उहाँ (प्रचण्ड) लाई शान्ति प्रक्रिया पूरा गर्न सहयोग गरेको हो । उहाँले गर्नुभएन । उहाँले गर्न सक्नुहुन्नरहेछ भनेर हामी अगाडि बढ्यौं। उहाँ पछाडि छुट्नुभयो।’

यस्तै राप्रपा सचेतक शाहीले जनयुद्धलाई धनयुद्धको टिप्पणी गर्दै आएको प्रशंगबारे सोध्दा भट्टराई युट्युबरमाथि जंगिए। ‘को हो ज्ञानेन्द्र शाही? त्यो मान्छे म चिन्दिनँ । त्यसको नाम लिन आवश्यक छैन ।’

श्रीमतीलाई वरिष्ठ नेता, छोरीलाई उपाध्यक्ष बनाएको विषयमा भने उनले जवाफ नै दिएनन्।
प्रकाशित: २०८१ फाल्गुण २ गते शुक्रबार ०९:४९
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना