काठमाडौं– ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौं’ नारासहित आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदै छ।
संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्त्व झल्काउन सहयोग पुग्ने खाले जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ।
जमिन तथा पानीको सतहमा रहने प्राणी तथा वनस्पति एवं सूक्ष्म जीवको जीवनचक्रसहित वातावरणीय पक्षलाई समेत केन्द्रमा राखेर विश्वभर चेतनामूलक कार्यक्रम हुने गरेको छ।
जैविक विविधता दिवस अवसरमा नेपालमा वन विभाग र वनस्पति विभागसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संगठनका तर्फबाट हाइकिङ, र्याली, गोष्ठी, अन्तक्र्रियालगायत चेनतामूलक कार्यक्रम आयोजना गरिँदै छ। जैविक विविधताको दृष्टिले नेपाल विश्वमा धनी देशका रुपमा चिनिन्छ।


