काठमाडौँ – भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव भैरहवास्थित घर ल्याइएको छ ।
बुधबार साँझ लम्सालको शव भैरहवा ल्याइएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिएका हुन्।
लम्सालको शव भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय घर ल्याइएको हो। उनको शव भैरहवामा रहेको युनिभर्सल मेडकिल कलेजमा राखिने जनाइएको छ।
प्रकृतिको मृत्युपछि उक्त विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूमाथि दमन भएको थियो। अहिले भने अवस्था सामान्य बन्दै गइरहेको छ।


