पोखरा – पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनमा बेलुन पड्किएको घटनामा समातिएका भारतीय नागरिक ४१ वर्षीय कमलेश कुमारलाई प्रहरीले अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने भएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थपको अनुमति लिएर प्रहरीले बिहार मोतिहारीका कमलेशलाई हिरासतमा राखेको छ। फागुन ३ गते उक्ट विष्फोटमा गरी अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए। दुर्घटनापछि कमलेशलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीसँगको बयानमा उनले विगत १२ वर्षदेखि पोखरामा बेलुनमा हाइड्रोजन भरेर बेच्ने काम गर्दै आएको बताएका छन् । कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार कमलेशले आफ्नै कोठामा ग्यास बनाउने गरेको समेत भेटिएको छ । उनले त्यही ग्यास सिलिन्डरमा भर्ने र बजारमा लगेर बेलुनमा भरेर बेच्ने गरेका थिए ।
एसपी ओलियाका अनुसार कमलेशले व्यवसाय दर्ता नगरी चलाएको पाइएको छ। हाल कमलेशलाई अभद्र व्यवहारको कसुरम हिरासतमा राखिए पनि कुन मुद्दा चलाउने भन्ने अध्ययनकै क्रममा रहेको उनको बताए ।


