काठमाडौँ- पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य आज अस्पतालबाट डिस्चार्ज भएका छन्।
कीर्तिपुर अस्पतालमा उपचार गराएका आचार्यलाई बुधवार डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीले जानकारी दिए।
‘प्रमुख आचार्यको स्वास्थ्य अवस्थामा सुधार भएपछि डिस्चार्ज गरिएको हो,’ उनले भने, ‘फलोअपका लागि उहाँलाई पुनः बोलाएका छौँ।’
यही फागुन ३ गते पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष–२०२५’ को औपचारिक घोषणा कार्यक्रममा बेलुन विस्फोट हुँदा उपप्रधान तथा अर्थतन्त्री विष्णुप्रसाद पौडेल र प्रमुख आचार्य घाइते भएका थिए।
मन्त्री पौडेल यसअघि नै डिस्चार्ज भइसकेका छन्।


