काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको अभिव्यक्तिपछि हौसिएको राप्रपाले आज पोखराबाट व्यवस्थाविरुद्ध भण्डाफोन अभियान सुरु गर्ने भएको छ।
भण्डाफोर अभियानमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्नेछन् ।
राप्रपाका अनुसार गण्डकी प्रदेशको पोखरामा फागुन ९ गते, लुम्बिनी प्रदेशको बुटवलमा फागुन १७ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन १८ गते, मधेश प्रदेशको जनकपुरमा फागुन २१ गते, बागमती प्रदेशको काठमाडौंमा फागुन २५ गते र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २७ गते भण्डाफोर अभियान गर्ने छ ।


