काठमाडौँ – कतारमा व्यवसाय गर्दै एक नेपाली उद्यमीको मृत्यु भएको छ।
गुल्मीको मालिका गाउँपालिका घर भई कतारमा रहेका समाजसेवी झविन्द्र आचार्यको सडक दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई कतारको हमाद हस्पिटले मृत्यु भएको घोषणा गरेको हो।
आचार्य गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष, गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष तथा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्षसमेत रहेका थिए ।
४० वर्षीय आचार्यको सब सनैयास्थित हमाद हस्पिटलको मर्चरी सेन्टरमा राखिएको छ ।
२०२१ जनवरी जुनमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष भएका आचार्यले समस्यामा परेका नेपालीको हितमा काम गर्दै आएका थिए।


