काठमाडौँ – वीरगञ्जमा रहेको कृषि औजार कारखाना चलाइरहेका राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले धरानमा किताब बेचेर एक करोडर रुपैयाँभन्दा बढी संकलन गरेको बताएका छन् ।
उनी एक हप्तादेखि धरानको भानुचोकमा बसेर किताब बेचिरहेका छन्।
वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा ल्याउन किताब बेचिरहेका पुनले शनिबारसम्म १२ हजार किताब बेचेको जानकारी दिए। शनिबार बिहानसम्म १२ हजार किताब बेचेर ९० लाख रुपैयाँ संकलन गरिएको पुनले बताए।
सरकारसँग वीरगञ्ज कृषि औजार मर्मत गर्ने सम्झौता गरेका पुनले किताब बेचेको पैसाले कारखानाको पुनर्निर्माण गरी सञ्चालनमा ल्याइने बताए ।
बिहान बेलुका धरानको भानु चोकमा किताब बेचिरहेका पुन दिउँसो यहाँका विद्यालय र विभिन्न संघ संस्थामा किताब बेच्न जाने गरेका छन्। पुनलाई किताब बेच्न धरानवासीहरूले साथ दिएका छन्।
पुनले केही समययता जिल्लाजिल्लामा किताब बिक्री गर्दै आएका छन्।


