२०८३ कार्तिक १४ गते शुक्रबार

नक्कली शरणार्थी प्रकरण : २७ करोड बिगो मागदाबी गर्न राय दिँदै प्रहरीले बुझायो प्रतिवेदन

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ ८
nakkali_sharanarthi (5)

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड बिगो मागदाबी गर्न राय प्रस्तुत गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको छ। जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले प्रतिवेदन बुझाएको हो।

आइतबार नै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेपनि अन्तिम समय नपुगेको भन्दै प्रहरीले प्रतिवेदन बुझाउन सकेको थिएन। सोमबारजिल्ला प्रहरी परिसर काठमाडौंले यो प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ।

परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले प्रतिवेदन बुझाइएको जानकारी दिए।  आरोपितविरुद्ध राष्ट्रहितविरुद्धको कसुर, संगठित अपराध, ठगी र कीर्ते गरेको कसूरमा मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यलयलाई राय दिने गरी पूर्ण प्रतिवेदन बुझाएको छ। प्रकरणमा संलग्नले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धुमिल्याउने काममा गरेको आरोप लागेकाले उनीहरूमाथि राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्षका साथ प्रहरीले प्रतिवेदन बुझाएको हो।

यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि अनुसन्धान गर्नुपर्ने राय प्रहरीले दिएको बताइएको छ। संगठित रुपमा ठगी गरेको र त्यसका लागि सरकारी कागजातलगायत कीर्ते गरेकाले उनीहरूविरुद्ध ती कसुरमा पनि मुद्दा चलाउने प्रहरी राय छ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोगपत्र तयार पार्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले कार्यालय प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेको संयोजकत्वमा ८ सदस्यीय कार्यदल बनाइसकेको छ। प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरी कार्यदलले अभियोगपत्र तयार गरी अदातलमा मुद्दा दायर गर्नेछ। यसका लागि कार्यालयले मंगलबारसम्मको समय लिने भएको छ। सबै आरोपित पक्राउ नपरेको र मुद्दासम्बन्धी थप विवरण र उजुरीहरू आउने क्रम जारी रहेको तर अनुसन्धान गरी मुद्दा दायर गर्ने म्याद कम भएकाले प्रहरीले यो प्रकरणमा पूरक अनुसन्धान जारी राख्ने बताएको छ।

यो प्रकरणमा चैत १२ गते बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी र टंककुमार गुरूङ पक्राउ परेपछि अनुसन्धान सुरु भएको थियो। प्रहरीले यो विषयमा संगठित रुपमा नै अपराध भएको भन्दै अनुसन्धान अघि बढाएको छ। संगठित अपराधमा पक्राउ परेका व्यक्तिलाई बढीमा ६० दिन मात्र प्रहरीले हिरासतमा राख्न पाउने व्यवस्था संगठित अपराधविरुद्धको ऐन, २०७० मा उल्लेख छ।

यो प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन्। १६ भन्दा फरार रहेको प्रहरीको भनाइ छ।

यी हुन् पक्राउ परेकाहरू
टोपबहादुर रायमाझी
नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने धन्धामा संलग्न भएको आरोपमा हालसम्म पक्राउ परेका सर्वाधिक उच्च ओहदाका व्यक्ति हुन् पूर्वउपप्रधान तथा एमाले पार्टीका सचिव (यो प्रकरणमा संलग्न भएको आरोपमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि निलम्बनमा परेका) एवम् सांसद टोपबहादुर रायमाझी। पूर्वउपप्रधानमन्त्री, ४ पटक सांसद र ५ पटक मन्त्री भएका उनी माओवादीमा रहँदा पनि पार्टी सचिव र संसदीय दलको उपनेताको जिम्मेवारीमा थिए। नेकपा विभाजित हुँदा एमालेमा बसेका रायमाझी ११ दिन फरार भएर बैशाख ३१ मा पक्राउ परेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणका प्रमुख योजनाकार रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।

बालकृष्ण खाण
पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण नेपाली कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी गृहमन्त्री रहेकै बेला मन्त्रालयकै गाडीमा बोराका बोरा पैसा ओसारेकोदेखि मन्त्रालय नै गिरोहले कार्यालयको रुपमा प्रयोग गरेको आरोप लागेको छ। नक्कली शरणार्थी प्रकरणमा नक्कली प्रतिवेदन बनाउन गिरोहलाई सघाउने भूमिका खाणले खेलेको आरोप छ। उनी पक्राउ परेपनि कांग्रेसले उनलाई निलम्बन गरेको छैन।

आङटावा शेर्पा
संविधान सभा निर्वाचनमा रामेछापबाट निर्वाचित आङटावा शेर्पा नेपाली कांग्रेसका नेता पनि हुन्। नक्कली शरणार्थी प्रकरणमा उनले तीन ठाउँमा कार्यालय नै सञ्चालन गरी पैसा उठाएको र पीडितले घेरेपछि पैसा फिर्ता गरेको आरोप उनीमाथि छ। पक्राउ पुर्जी जारी भएपछि उनले जेठ १ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए।

टेकनाथ रिजाल
यो प्रकरणका अर्का हाइप्रोफाइलका टेकनाथ रिजाल हुन्। आफूलाई भूटानी शरणार्थीको नेता तथा मानवअधिकारकर्मी बताउने रिजाल नक्कली भुटानी शरणार्थी बनाउने अवैध धन्दामा संलग्न रहेको आरोप लागेको छ। उनी जेठ ४ गते पक्राउ परेका हुन्।

भुटानी राजाका सल्लाहकार परिषद्को सदस्यसमेत रहेका रिजाल २० वर्षयता नेपाल निर्वासनमा छन्। नेपालमा बसेकै बेला उनले नक्कली भूटानी शरणार्थी खडा गर्न खटिएका रिजालले उनीहरुको भूटानी ठेगाना तयार पार्ने जिम्मा पाएका थिए।

डा. इन्द्रजित राई
तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार थिए, डा. इन्द्रजित राई। गृह मन्त्रालयमा नै बसेर गिरोहसँग सेटिङ गरेको आरोपमा उनी वैशाख १९ गते पक्राउ परे। गिरोहका सदस्य सानु भण्डारीले उनको नाम पोलेका थिए। यो प्रकरणमा उनका छोरा निरज पनि मुछिएका छन्। निरजविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी अहिले फरार छन्।

शमशेर मियाँ
नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ जेठ ४ मासिंहदरबारभित्रै बाट पक्राउ परे। उनले युएनएचसीआरको तथ्यांक फेर्नेदेखि आफ्नो गाडी पैसा ओसार्न प्रयोग गरेको आरोप लागेको छ। उनी अनुसन्धानमा तानिएका हुन्।

टेकनारायण पाण्डे
टेकनारायण पाण्डे, तत्कालीन गृहसचिव र हाल उपराष्ट्रपति कार्यालयका सचिव थिए। बहालावाला सचिव नै संलग्न रहेको पाइएपछि उनी पक्राउ परेका हुन्। नीतिगत तहमा सबैभन्दा ठूलो भूमिका पाण्डेको थियो। गृह प्रशासन नेतृत्व गर्न लायक नभएपनि गिरोहले सेटिङ मिलाउनकै लागि २०७८ साउन २७ मा उनको सरुवा गराएको थियो।

वैशाख २० मा पक्राउ परेका पाण्डेलाई खाणले गृहमा ल्याएका हुन्। उनलाई त्यहाँ ल्याउन आरजु राणादेखि र मञ्जु खाँणले समेत भूमिका खेलेको तथ्य सार्वजनिक भएको छ। पक्राउ परेपछि हिरासतमै रहेका बेला आरजुसँग भेटेर बयान फेरेकोदेखि आरजु बचाएको आरोपसमेत उनीमाथि छ।

केशव दुलाल र सानु भण्डारी
नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार केशव दुलाल र सानु भण्डारी हुन्। उनीहरुकै बयानका आधारमा पूर्वमन्त्री रायमाझी र खाण तानिएका हुन्। २०७९ को चैत १२ गते उनीहरू पक्राउ परेपछि अनुसन्धान अघि बढेको थियो।

आफूले दिएको बयान फेरेर उतारिए हिरासतमै आत्मदाह गर्ने चुनौती सानुले दिएका थिए। यसपछि पूर्वगृहमन्त्री खाण र पूर्वउपप्रधानमन्त्री रायमाझी पक्राउ पर्न सफल भए।

नरेन्द्र केसी
पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकिय सचिव नरेन्द्र केसी चितवनको शारदा माविका पूर्वप्रध्यानाध्यापक हुन्। केसीले काज मिलाएर खाण गृहमन्त्री हुँदा स्वकीय सचिव हुने गरेका थिए। खाण पक्राउ परेकै दिन उनी पनि पक्राउ परेका हुन्।

सन्दीप रायमाझी
पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपमाथि बाबुको मतियार बनेको आरोप लागेको छ। मन्त्रालयदेखि गिरोहसम्म पुगेर पैसा उठाउने काम उनले गरेको आरोप छ।

सन्दीप शर्मा, टंक गुरुङ, सागर राई, रामशरण केसी र गोविन्द चौधरी
वैशाख २६ मा पक्राउ परेका केसी र चौधरी बिचौलिया समूहका व्यक्त हुन्। यस्तै, सन्दीप शर्मा, टंक गुरुङ र सागर राई पनि गिरोहकै सदस्य हुन्। केशव दुलाल र सानु भण्डारीका बिचौलिया भएर यिनले काम गरेका थिए। उनीहरूले अमेरिका जान चाहने नेपाली नागरिकसँग सम्पर्क गर्ने र रकम उठाउने जिम्मेवारी सम्हालेका थिए। नेपाली नागरिकबाट पैसा उठाएर योजनाकार र मन्त्रीसम्म पुर्‍याउने भूमिका पनि उनीहरुकै भएको आरोप छ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा र इन्द्रजित राईका छोरा निरज राई यो प्रकरणका फरार आरोपित हुन्। यो प्रकरणमा संलग्न भएको आरोप लागेका केही व्यक्तिहरूमाथि सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २०८० जेठ ८ गते सोमबार ०१:५७
प्रतिक्रिया

थप समाचार

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयरपूँजी १ प्रतिशतमा झारिएको विवरण पुनः सार्वजनिक

काठमाडौँः समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपूँजी घटाइएको विवरण आज सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले यसअघि नै सम्बन्धित सेयरधनीहरूको...

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना