काठमाडौँ- रास्वपा सांसद तोसिमा कार्कीले स्वास्थ तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेकी छन्।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै कार्कीले मन्त्री पौडेलको राजीनामा माग गरेकी हुन्।
स्वास्थ्य बीमा अघि बढाउन सक्ने अवस्था नरहेको अभिव्यक्ति दिएकाले उनले राजीनामा दिनुपर्ने कार्कीको भनाइ छ।
कार्यक्रमलाई अघि बढाउन नसके राजीनामा दिउर मार्गप्रशस्त गर्न स्वास्थ्यमन्त्री पौडेललाई उनको सुझाव थियो।
स्वास्थ्य बिमाको रकम ५ लाख पुर्याउँछु भन्दै महत्वाकांक्षी योजना अघि सारेर पछि हट्नु उचित नभएको उनको भनाइ थियो।
स्वास्थ्य बिमा सुरुवात गरेको जश लिन खोज्ने तर काम गर्न नसकेर यसलाई अलपत्र पार्ने काम गरेर राज्यलाई नै धराशायी बनाउने काम गरेकाले उनले राजीनामा दिनुपर्ने तोषिमाको अभिव्यक्ति छ।
उहाले २ करोड ९१ लाख जनताको अनिवार्य स्वास्थ्य बीमा अघि बढाउन उनको माग थियो।


