२०८३ कार्तिक २६ गते बुधबार

कस्तो होला आइफोन १७ ? डिजाइनमा परिवर्तन, चार मोडलमा आउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १३
iphone-17-phone

एजेन्सी – एप्पलको आगामी आइफोन १७ सिरिजको बारेमा धेरै जानकारीहरू बाहिरिएका छन्।

कम्पनीले भर्खरै सस्तो किफायती आइफोन १६ ई लन्च गरेको छ। रिपोर्टहरूलाई विश्वास गर्ने हो भने कम्पनीले आगामी आइफोन मोडेलको डिजाइनमा परिवर्तन गर्न सक्नेछ।

कम्पनीले आगामी आइफोन १७ सिरिजमा ठूलो क्यामेरा मोड्युल प्रदान गर्न सक्नेछ, जुन धेरै मात्रामा गुगल पिक्सेलजस्तै हुनेछ। आगामी आइफोन १७ सिरिजको कथित क्याड बेस्ड रेन्डरले डिजाइनबारे धेरै जानकारी दिएको हो।

टिप्सर मजिन बुले सामाजिक सञ्जाल एक्समा आइफोन १७ सिरजको कथित क्याड बेस्ड रेन्डर सेयर गरेका छन्। यी रेन्डरहरूले देखाउँछन् कि कम्पनीले यस पटक आफ्नो आइफोन मोडेलहरूको डिजाइनमा परिवर्तन गर्न सक्छ। रेन्डरले कम्पनीले चार वटा मोडल लन्च गर्न सक्ने पनि देखाउँछ। यी रेन्डरहरूले यी चार मोडेलहरू संकेत गर्छन् । अर्थात् आइफोन १७ आइफोन १७ प्रो आइफोन १७ प्रो म्याक्स र आइफोन १७ एअर हुनेछन्।

यी क्याड इमेजबाट थाहा हुन्छ कि आइफोन १७ एअर स्लिम मोडलको हुनेछ। यसमा एउटा मात्र प्राइमरी क्यामेरा र एलईडी फ्ल्यास देखिनेछ।
आइफोन १७ पनि आइफोन १६ जस्तै हुने देखाइएको छ। यसमा दुईवटा क्यामेरा सेन्सरहरू हुनेछन्, जुन ठाडो रूपमा सेट गरिएका छन्। केही मिडिया रिपोर्टमा भनिएको छ कि आइफोन १७ को क्यामेरा मोड्युल आइफोन १६ जस्तै हुनेछ। यसमा कुनै परिवर्तन हुने छैन।

आइफोन १७ को प्रो र प्रो म्याक्स का रेन्डरहरू हेर्दा यसले यसको डिजाइनमा भने परिवर्तन हुने देखिन्छ। कम्पनीले यी दुवैमा ठूलो क्यामेरा मोड्युल उपलब्ध गराउने छ, जुन गुगलको पिक्सेल सिरिजसँग मिल्दोजुल्दो छ।

यसमा तीनवटा क्यामेरा सेन्सरहरू हुनेछन्, जुन त्रिभुज लेआउटमा दिइनेछ। यससँगै फ्ल्यास र माइक्रोफोनको कटआउट पनि देख्न सकिन्छ। रेन्डर हेर्दा कम्पनीले आगामी आइफोन १७ प्रोलाई डुअल कलर टोनमा प्रस्तुत गर्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ।

 

 

 

 

 

 

 

प्रकाशित: २०८१ फाल्गुण १३ गते मङ्गलबार ०९:०९
प्रतिक्रिया

थप समाचार

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

काठमाडौं। आज नोभेम्बर १० तारिख विश्वभर ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ मनाइँदैछ। समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म...

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

क्यान्बेरा: नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। नेपाली युवाको पहलमा तयार...

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने

काठमाडौं। प्रविधि कम्पनी गुगल इंकले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ। यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड वा अन्य एपमा निर्यात नगरी जेमिनाईभित्रै...

१७ इन्चको फोल्डेबल ट्याब्लेट बनाउँदै सामसङ

काठमाडौं। दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्न थालेको खबर सार्वजनिक भएको छ। फोल्ड गर्दा ८ इन्चको आकारमा सीमित हुने यो उपकरण खुलाउँदा १७ इन्चको डिस्प्लेमा...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना