काठमाडौँ- ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन्।
‘तपाईलाई किन पदबाट नहटाउने’ भन्दै २४ घण्टाभित्र जवाफ पेस गर्ने गरी मंगलबार स्पष्टीकरण सोधिएको मन्त्री खड्काको सचिवालयले जनाएको छ।
सरकारले दिएको निर्देशन नमानेको भन्दै कुलमानलाई पदबाट हटाउने प्रस्ताव मन्त्री खड्काले मन्त्रिपरिषदमा पठाएका थिए।
सोमबार बसेको मन्त्रिपरिषद्ले कुलमानलाई हटाउने कुनै निर्णय नगरेपछि मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ऊर्जा मन्त्रालयले २४ घण्टाभित्र जवाफ पेश गर्न स्पष्टीकरण सोधेको हो।
यसअघि उर्जा मन्त्रालयले कार्यकारी निर्देशक घिसिङलाई २२ पुस र २८ पुषमा पनि स्पष्टीकरण सोधेको थियो। उक्त जवाफ चित्तबुझ्दो नभएको भन्दै पुन तेस्रोपटक २४ घण्टे स्पटिकरण सोधेको हो।


