२०८३ कार्तिक १२ गते बुधबार

खानेपानी महसुल बढाउने मन्त्री यादवको उद्घोष

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १५
pradip-yadab

काठमाडौँ- खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको महसुल बढाउने उद्घोष गरेका छन्।

बिहीबार काठमाडौँ नेपाल खानेपानी संस्थानको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन्। तर कहिलेदेखि लागू हुने भन्ने विषयमा उनले कुनै कुरा खुलाएनन्।

खानेपानीको महसुल ११ वर्ष पुरानो भएको भन्दै उनले पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। उनले पानीको गुणस्तर र परिमाणमा वृद्धि गर्ने, खानेपानी महसुल समयानुसार बढाउनुपर्ने उनको भनाइ थियो।

‘नेपाल खानेपानी संस्थान करिव ११ वर्ष पहिला निर्धारण भएको खानेपानी सेवा महसुल दरमै चलिरहेको छ,’ उनले भने, ‘अब नियमावली पनि आइसकेको छ। त्यसले तपाईंहरुको लागि धेरै चिज बाधाहरु हटेको छ। महशुलमा पनि पुनःविचार गर्नुपर्छ।’

महसुल बढाउनका लागि आफूले छलफल थाल्ने पनि उनको भनाइ थियो।

नेपाल खानेपानी संस्थान कोमामा रहेको भन्दै नाफामूलक कसरी बनाउने भन्नेमा गम्भीर हुन पनि उनले संस्थान नेतृत्वलाई आग्रह गरेका छन्। घाटामा रहेको संस्थानलाई नाफामा ल्याएरै छोड्ने प्रतिबद्धता जनाए।

पाइप फुटेको समस्या, फोहोर पानी आएको गुनासोहरू आम नागरिकले गर्ने गरेको भएपनि समाधान हुन एक महिना लाग्ने गरेको भन्दै तत्काल समस्या समाधान गर्न संस्थानलाई निर्देशन दिए। कल सेन्टरको स्थापना गरेर भएपनि जनताका समस्या समयमै समाधान गर्न निर्देशन दिए।

उनले सरकारले बनाएका पानीट्याङ्कीमा नेपाल सरकार खानेपानी मन्त्रालय नलेखिएकोमा उनको असन्तुष्टि थियो।

‘खानेपानी संस्थान कसरी अघि बढ्छ भन्ने चिन्ता छ। घाटामा रहेको संस्थान नाफामा कसरी आउँछ रु धेरै जसो शाखाहरू घाटामा नै छ। यो सेवाको भावनाले चलेको संस्थान भएको हुनाले र खानेपानी यस्तो महत्त्वपूर्ण कुरा हो। घाटामा रहेर पनि सञ्चालनमा राख्नुपर्छ। यसलाई मुनाफामा कसरी ल्याउने त्यसमा विचार गर्नुपर्छ। नागरिकबाट मासिक सेवा सुविधा त लिइराख्नुभएको छ। तर कसरी संस्था नोक्सानमा गयो। कसको कारणले गयो? त्यसकारणले गर्दा संस्थाप्रति इमानदार भइदिन आग्रह गर्दछु,’ उनले थपे, ‘संस्था रहे मात्रै तपाईँ हाम्रो भविष्य छ। धेरै ठाउँमा पाइप फुटेको, फोहोर पानी गएको गुनासो आइरहेको छ। कसरी निगरानी, जनताको गुनासो कसरी सुन्ने, कल सेन्टर राखेर अघि बढ्नुपर्छ तर त्यो देखिरहेको छैन। जानकारी गराउँदा पनि एक महिनासम्म कर्मचारी पुग्दैनन्। यसमा ध्यान जाओस्। नेपाल खानेपानी संस्थान ३६ औँ वार्षिकोत्सव मनाउँदाको मितिमा संस्था कोमामा छ। कोमाबाट कसरी निकाल्ने, यसमा हामी सबैको ध्यान जान जरुरी छ। १० महिनादेखि निमित्त जिएममा चलेको थियो, आज पूर्णता दिइसकेका छौँ।’

प्रकाशित: २०८१ फाल्गुण १५ गते बिहिबार ०३:१८
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना