काभ्रे- काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका-१ मा सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ।
स्थानीय कानाकोटस्थित वृद्धाश्रमको भवन निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक मजदुरको मृत्यु भएको हो।
फागुन १५ गते दिउँसो करिब ३ बजे निर्माणाधीन वृद्धाश्रमको दोस्रो तल्लाको पिल्लर ढल्दा त्यहाँ कार्यरत मजदुर दुर्जन माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृतक माझी पर्सा जिल्लाको सखुवापर्सेनी गाउँपालिका-३ निवासी कैलेश्वर माझीका छोरा हुन्।
माथिबाट सुक्खा पहिरो खस्दा भवनको पिल्लरको रडले टाउकोमा लागेको थियो। उनको घटनास्थलमा नै ज्यान गएको हो।


