काठमाडौँ – भारतसहित चार देशमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पको धक्का भारत, नेपाल, पाकिस्तान र तिब्बतमा ३ घण्टाभित्र महसुस गरिएको थियो । भारतीय भूकम्प मापन एजेन्सी राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान करिब ५ः१५ मिनेटमा पाकिस्तानमा भूकम्पको धक्का महसुस गरिएको थियो । रेक्टर स्केलमा यसको तीव्रता ४ दशमलव ५ मापन गरिएको थियो।
यसअघि नेपालमा २ पटक भूकम्पको धक्का महसुस गरिएको थियो । पहिलो भूकम्प दिउँसो २ बजेर ३६ मिनेटमा र दोस्रो बिहान २ बजेर ५१ मिनेटमा गएको थियो । पहिलो भूकम्पको केन्द्रविन्दु नेपालको सिन्धुपाल्चोक क्षेत्र थियो । रिक्टर स्केलमा यसको तीव्रता ५ दशमलव ५ रहेको थियो।
दोस्रो भूकम्पको तीव्रता ६ दशमलव १ थियो । यसको केन्द्रबिन्दु काठमाडौंबाट ६५ किलोमिटर पूर्वमा सिन्धुपाल्चोक जिल्लाको कोदारी क्षेत्रमा थियो । दुवै भूकम्पको धक्का तिब्बतदेखि बिहारको पटनासम्म महसुस गरिएको थियो ।
नेपाल प्रहरीका डीआईजी दिनेश कुमार आचार्यले समाचार एजेन्सी एएनआईलाई भने, ‘बिहानको भूकम्पका कारण कुनै पनि मृत्यु वा घाइते भएको खबर छैन। भूकम्पको केन्द्रबिन्दु भएर पनि पूर्वाधारमा ठूलो क्षति पुगेको खबर छैन।’
भाष्करबाट


