काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिंकु सदाको परिवारलाई न्याय दिने बताएका छन्।
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित सदाको घरमा पुगेर उनलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिंकुले आत्महत्या गरेकी थिइन्। बलात्कृत रिंकुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेका थिए ।
जनतासँग माओवादी तराई-मधेस जागरण अभियानका क्रममा सिरहा पुगेका प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू आज दिवङ्गत रिंकुको घरमा पुगेका थिए।
आफ्नो पार्टीले रिंकुलाई न्याय दिलाउन संसद्मा आवाज उठाएको पनि जानकारी दिए । प्रचण्डले जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताएका थिए।
गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिंकुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कृत भएको बताएकी थिइन्।


