२०८३ कार्तिक १७ गते सोमबार

‘कमी कमजोरी पहिचान गरी देश विकास गर्न सरकार अग्रसर छ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १७
prakash-man

काठमाडौं – उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भएका कमी कमजोरी पहिचान गरी सुधार गरेर देश विकास गर्न सरकार अग्रसर रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेको सरकार नेपाली कांग्रेस र नेकपा एमालेसहित अन्य साना राजनीतिक दलहरु मिलेर देशमा शान्ति, सुशासन र विकास निर्माण गर्नका लागि बनेको बताए।

उनले नागरिकले सरकारकै सुनिश्चितता छैन कसरी देश विकास गर्छौ ? भन्ने प्रश्न गरेपछि देश विकाससँगै सरकारको स्थायित्वका लागि अहिलेको सरकार निर्माण भएको बताए।

उपप्रधानमन्त्री सिंहले भने, ‘अहिलेको जुन वर्तमान सरकार काँग्रेस, एमालेलगायत अरु साना दलहरु मिलेर सरकार बनेको छ। यो सरकार किन बनेको भने जनताले के भन्न थाले भने सरकारको आयु नभएको सरकार बन्छ, फेरि केही महिनामा अर्को सरकार बन्छ भन्न थाल्यो। सरकारकै सुनिश्चितता छैन भने त्यो सरकारले हाम्रो के काम गर्छरु त्यसले गर्दा राजनीतिक स्थिरता, स्थायित्व र सरकार टिक्ने किसिमको आवश्यक छ भनेर यो वर्तमान सरकार बनेको हो। बोलेर मात्रै होइन, कम गर्न गाह्रो छ। भएका कमी कमजोरी पहिचान गरी सुधार गरेर अघि बढ्नेतर्फ यो सरकार गइरहेको छ।’

उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैकुरा व्यक्त गर्ने अधिकार रहेको भए पनि अधिकारको मात्रै कुरा गर्ने तर जिम्मेवारीअनुसार काम नगर्ने कुराले समाजलाई सही ठाउँमा नपुर्‍याउने बताए।

राजनीतिक स्थायित्व भए मात्रै देशको अर्थतन्त्र सुदृढ पार्नेसहितका विकासका कामहरु अघि बढ्नसक्ने बताए। जीवन र जीविकोपार्जन सहज हुनुपर्ने आवाज सबै नागरिकको भएकाले सोहीअनुसार सरकारले काम गरिरहेको जिकिर गरे।

प्रकाशित: २०८१ फाल्गुण १७ गते शनिवार ०१:४९
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना