काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन्। न्यौपानेले गत दसैँअघि नै राजीनामा दिएको रास्वपा स्रोतको भनाइ छ।
‘उहाँले अनुशासन आयोगको उपप्रमुखबाट राजीनामा पार्टीमा बुझाउनुभएको छ,’ रास्वपा स्रोतले भन्यो, ‘न्यौपानेले दशैं अगाडि नै राजीनामा बुझाउनु भएको थियो।’
उनको राजीनामा स्वीकृत गरिएको छ। पार्टीको सक्रिय राजनीति गर्नका लागि न्यौपानेले अनुशासन आयोगबाट राजीनामा दिएको दाबी गरिएको छ।
न्यौपानले अनुशासन आयोगमा करिब दुई वर्ष काम गरे। अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटा अमेरिका भ्रमण तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत हुँदा देवकोटाले कार्यवाहक प्रमुख भएर काम गरेका थिए।
देवकोटा अमेरिकामा रहेको बेला तत्कालीन महामन्त्री मुकुल ढकाललाई अनुशासन आयोगबाट न्यौपानेले स्पष्टीकरण सोधेका थिए।
विधान अनुसार ११ सदस्यीय हुने अनुशासन आयोगमा न्यौपानले राजीनामा दिएपछि हाल चार सदस्यीय कार्यसमिति छ।


