पोखरा- राष्ट्रपति रामचन्द्र पौडेलले देवालय सराङकोट धामको समुद्घाटन गरेका छन्।
कास्कीको सराङकोटमा नवनिर्मित शिव मन्दिर, पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ्ग, १०८ जलधारा, भ्यूटावर, भूमेकालिका मन्दिर, भैरव चण्डी, गणेश मन्दिर, बहुउद्देश्यीय भवनलगायतको एकसाथ समुद्घाटन गरेका हुन्।
यी धार्मिक पर्यटकीय संरचनाहरूबाट पोखराको समग्र पर्यटन प्रवर्द्धनमा उल्लेख्य योगदान पुग्ने राष्ट्रपति पौडेलको विश्वास समेत व्यक्त गरेका छन्।



