सोलुखुम्बु- सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी नियन्त्रणमा आएको छ। स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।
व्यक्तिको घर भाडामा लिएर नगरपालिकाका दुई वटा शाखा कार्यालय भएको भवनमा आगलागी भएको हो।
आइतबार दिउँसो करिब एक बजे लागेको आगो करिब २ घण्टापछि नियन्त्रणमा लिइएको गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिइन्।
८ कोठा भएको भवन जलेर पूर्ण रूपमा क्षति भएको छ। विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ।
लिखुपिके गाउँपालिका कार्यालयको आगलागी नियन्त्रणमा क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी छ।


