काठमाडौं- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्।
शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।
अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधारउन्मुख छ।
उनको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालको भनाइ छ।
शाहको उपचारमा डा. यादव भट्ट टिम सहभागी छ।


