मोरङ- मोरङमा एउटै रूखमा युवायुवतीको शव भेटिएको छ।
मोरङको पथरीशनिश्चरे–५ घर भएका २२ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ घर भएकी जाबुमुनीको शव रुखमा झुन्डिएको अवस्थामा भेटिएको हो।
अजयको घरभन्दा करिब करिब १ किलोमिटर दक्षिणमा रहेको बक्राहा खोलाको किनारमा उनीहरू मृत भेटिएको मोरङ प्रहरीले जानकारी दिएको छ।
मङ्गलबार स्थानीयले उनीहरू झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जुबामुनीका पति वैदेशिक रोजगारी रहेको र अजयकी पत्नी र २ छोरा रहेको प्रहरीको भनाइ छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


