काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिविका दुई कार्यालयमा तोडफोड गरेको छ।
शुक्रबार नेविसंघले दुवै कार्यालयमा तोडफोड गरेको हो।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीको कार्यकक्षमा बिहान १० बजे रेक्टर केसीको कार्यकक्षमा नेविसंघले तोडफोड गरेको थियो।
शुल्कको विषयमा आफूहरूको माग सम्बोधन नगरेको भन्दै नेविसंघले तोडफोड गरेका हुन्।
शिक्षाध्यको कार्यकक्षमा फोड्नुअघि नेविसंघले त्रिविकै विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिन कार्यालयमा पनि तोडफोड गरेको थियो।
डिन कार्यालयमा तोडफोड गरेर नेविसंघ शिक्षाध्यक्षको कार्यालयमा तोडफोडका लागि गएको थियो।
डिन प्रा.डा. शंकर खनालका अनुसार उनी कार्यकक्षमा नभएको बेला तोडफोड भएको बताए। ‘कार्यकक्षमा तोडफोड भएको छ। सिसा फुटाइएको छ,’ उनले भने। यद्यपि तोडफोड कसले गरेको भन्ने आफूलाई यकिन नभएको उनको भनाइ छ।


