काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह चार्टर विमानबाट काठमाडौँ फर्किने भएका छन्।
समिट एअरको चार्टर विमानबाट पूर्वराजा पोखराबाट काठमाडौँ फर्कन लागेका हुन्।
उनी काठमाडौँका लागि प्रस्थान गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ।
दिउँसो साढे २ बजे उनी काठमाडौँका लागि प्रस्थान गर्ने तय छ।
दुई महिनाअघि काठमाडौँबाट पश्चिमयात्रामा निस्किएका पूर्वराजा समिटकै जहाजमा भैरहवाबाट पोखरा गएका थिए।
त्यसबेला पनि समिटकै जहाज चार्टर गरिएको थियो।


